टोकियो/जापान। धादिङ समाज जापानको वार्षिक कार्यक्रम तथा विधान सभा सम्पन्न भएको छ।
२५ तारिख आईतबार टोकियोको सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको सभाहलमा समाजका कार्यसमिति,आजिवन सदस्य,सल्लाहकार तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष श्यामहरि तिम्सिनाको अध्यक्षता तथा समाजका सल्लाहकारहरु राजेन्द्र श्रेष्ठ,राजन गौतम, दिनेश शर्मा लोहनी .होम बहादुर रिजाल,रामहरि पुडासैनी,बाबुकाजी भण्डारी,श्रीकृष्ण अर्याल, सन्तोष तिवारी लगायतका व्यक्तित्वहरुको आतिथ्यता तथा समाजका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा,वर्तमान कार्यसमितिले १ वर्षमा सम्पन्न गरेका कार्यविवरण तथा विधानका केहि वुँदाहरुमा संशोधन गरिएको छ।




