कविता : दन्किदै जा
सभ्यताको ढोंगलाईभष्म गर, अब भष्म गरफुट्न जा, ज्वालामुखि भैकम्प गर्दै विश्व थर थर
झोपडीदेखी उठाई –दे` महलमा एक हलचलसाधनाको धारमाथिअनल बन्दै युवक बल- बल !व्यग्र भै जा- जा, शहीदकारक्तदेखि भै प्रतीतउग्र हो, रण-चण्डिकाकोगाउँदै उन्मक्त गीत
हर कदममा रन्किदै जालक्ष्यमाथि तन्किदै,बाल्दै उरभित्र राँकोदन्किँदै जा, दन्किँदै जा
साभार : युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता
सम्पादक : बासुदेव अधिकारी
प्रकाशक : नेपाल प्रज्ञा – प्रतिष्ठान

